काठमाडौं । सन्तोष सेनले आफ्नै ६ वर्षीय छोरा आयुव सेनलाई मुख्य भूमिकामा लिएर निर्माण गरेको फिल्म ‘मेरी मामु’ को फस्ट लुक सार्वजनिक भएको छ ।
छायांकन भइरहेको फिल्मको फस्ट लूक सार्वजनिक गरिएको हो भने तस्वीरमा आयुव सेनलाई प्रस्तुत गरिएको छ ।
चलचित्रले रिलिजअघि नै राम्रो प्रतिक्रिया पाएको छ । चर्चामा रहेको यो फिल्ममा यम थापाको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा आयुवका अलावा अश्लेशा ठकुरी, सारुक ताम्राकार, कुसुम गुरुङ, दुर्गा मल्ल लगायतले अभिनय गर्नेछन् ।
फिल्मको ७० प्रतिशत छायांकन सकिने निर्माता सेनले बताए । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । सँगसँगै फिल्मको सम्पादन, स्वराकंन र पाश्र्व संगीतको काम पनि भइहरेको छ ।
चलचित्र आउँदो भदौ १५ गते रिलिजको तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया