रसिया । पूर्व विश्वविजेता फ्रान्स जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निज्नी नोभ्गोरोड स्टेडियममा शुक्रबारराति भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई दुई—शुन्य गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
खेल सुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै उरुग्वेले फ्रान्सको गोल पोष्टमा चार्ज गर्यो। उरुग्वेका भरपर्दा फरवार्ड लुइस स्वारेज काउन्टर एट्याकमा चुके ।
फ्रान्सका लागि खेलको ४० औं मिनेटमा राफेल भरानले फ्रिकिकमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक—शुन्यले अगाडी रहेको फ्रान्सले दोस्रो हाफमा गोल गर्यो ।
६१ औं मिनेटमा फ्रान्सका एन्टोइन ग्रिजमनले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । ग्रिजमनले गोल गरेपछि निकै आक्रामक रुपमा खेल खेलेको उरुग्वेले निर्धारित ९० मिनेटको समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल दुई—शुन्यले हार्यो ।
सन् २०१० पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल खेलेको उरुग्वेको सेमिफाइनलमा प्रवेश गर्ने सपना चकनाचुर भएको छ । यता पोर्चुगल विरुद्धको प्रि-क्वार्टरफाइनल खेलका दौरान घाइते भएका इडिन्सन कभानीको कमि टिममा देखिएको थियो । फ्रान्स विश्वकपको चौथो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
ब्राजिल, जर्मनी र इटली भने समान ६—६ पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो । फ्रान्स सन् २००६ पछि पहिलो पटक अन्तिम चारमा पुगको हो ।
हारसँगै उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया