हावाहुरीसहित पानी पर्ने सम्भावना

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए ।

मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठुलो पानी पारिरहेको र दुई, तीनदिन अझै यसको वेग बढ्ने बताए । यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे ।

शुक्रबारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए । सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उनले स्पष्ट पारे । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भएपनि जलवायु परिवर्तनको असर स्वरुप छिट्टै आँधी आएको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?