बेल्जियम स्वर्णिम अक्षरले इतिहास लेख्न सफल, ब्राजिल बाहिरियो

रसिया । पाँच पटकको विश्व विजेता ब्राजिल जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । 

कजान एरिनामा शुक्रबारराति भएको दोस्रो क्वार्टरफाइनल खेलमा उपाधिको दावेदार मानिएको टिम ब्राजिल बेल्जियमसँग २—१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

खेल सुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै बेल्जियमले खेलमा १—० को अग्रता लियो ।  बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा  ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगे।

खेलको ३१औं मिनेटमा बेल्जियमले अर्को गोल गर्यो । केभिन डी ब्रुयेनले २० यार्डबाट प्रहार गरेको बललाई सहि सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाएका थिए । खेलको पहिलो हाफसम्म २—० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा भने गोल गर्यो ।

प्रतिस्पर्धात्मक खेलको ७६औं मिनेटमा ब्राजिलका सब्सिच्युड स्ट्राइकर रेनाटो अगुस्टोले गोल गर्दै खेललाई २—१ को स्थितीमा ल्याए । उनले फिलिप काउटिन्होको पासमा ब्राजिलका लागि सान्त्वना गोल गरे । 

ब्राजिलका स्टार खेलाडी नेइमार र मार्सेलोको प्रहार  बेल्जियनका गोलरक्षक कोट्वाले पाउलिन्होले विफल पारिदिएका थिए ।

निर्धारित समयसम्म ब्राजिलले खेलमा केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल २—० ले गुमायो ।  

विश्वकप इतिहासमा सन् १९८६ मा चौथो भएको बेल्जियम पहिलो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि सन् २०१४ को ब्राजिल विश्वकममा भने बेल्जियम क्वार्टरफाइनलमा पराजित हुँदै घर फर्किएको थियो । 

यता जितसँगै सेमिफाइनलमा पुगेको  बेल्जियमले  फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्सले शुक्रबारराति नै भएको   खेलमा उरुग्वेलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?