राष्ट्रिय अभिलेखालयमा ३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित

पोखरा : राष्ट्रिय अभिलेखालयले अाफुसँग ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति रहेको जानकारी दिएको छ ।

पोखरामा अायोजित अभिलेख महोत्सवमाका क्रममा अभिलेखालयले २० हजार अभिलेख, ८ हजारवटा तिब्बती ग्रन्थ, २ लाख ग्रन्थका मार्इक्रोफिल्म प्रति तथा १२ हजार वटा महत्वपूर्ण पुस्तकको संकलन रहेको तथ्यांक सार्वजनिक गरेको  छ।

राष्ट्रिय अभिलेखालयका प्रमुख साैभाग्य प्रधानाङ्गले नेपालमा रहेका अभिलेख संरक्षणका लागि डिजिटल डकुमेन्टेशन गर्ने काम थालिएको र यसबर्षभित्र ६ लाख डकुमेन्टलार्इ डिजिटल रूपमा सुरक्षित गरिने बताए ।

महोत्सवको उद्घाटन गर्न पुगेका संस्कृति, पर्यटन र नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले पोखरा क्षेत्रीय संग्रहालयलार्इ प्रादेशिक अभिलेखालयका रूपमा तत्काल विकास गर्ने र गण्डक क्षेत्रमा रहेको परम्परागत दस्तावेजको संकलन गर्न अावश्यक रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?