”प्रधानमन्त्री अोली भारत र चीनसामु लम्पसार” : देउवा

मन्थली : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा अोली दुर्इ छिमेकी मुलुक भारत र चीनका अघि लम्पसार परेको अारोप लगाएका छन् । पूर्वप्रधानमन्त्री देउवाले अघिल्ला सरकारका पालामा गरिएका राजनीतिक नियुक्ति खारेज गरेर वर्तमान सरकारले 'मुठभेड' निम्त्याउन खोजेको ठोकुवा गरेका छन् ।

वर्तमान सरकारले चीनबाट रेल ल्याउने सपना बाँडेको र सरकारले बाँडेको सपना पुरा नहुने दाबी गर्दै देउवाले मुलुकभित्रै प्रजातान्त्रिक मान्यतालार्इ कुल्चिएर निरंकुशता लाद्नमै वर्तमान सरकारलार्इ फुर्सद नभएको बताए ।

अाफुहरूले राजनीतिक नियुक्ति खारेज गर्ने कम्युनिष्ट सरकारको निर्णयलार्इ कुनै हालतमा नमान्ने, हरेक क्षेत्रमा कब्जा गर्ने नियतले सरकार अघि बढेकाले कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने एवं अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारी अवरोधको विरोध गर्ने देउवाको भनार्इ छ ।

अबदेखि कांग्रेस पार्टी एक हुने बताउँदै देउवाले गुट अन्त्य गर्न अाफैं खटिएको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?