नेपालगञ्जमा ७२ अाैं जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र

बाँके : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जमा अाफ्नो ७२ अाैं जन्मोत्सव मनार्इरहेका छन् ।

पत्नी कोमल, छोरा पारस, बुहारी हिमानी, छोरी प्रेक्षा, नाति/नातिनीसहित दुर्इदिन अघि नै नेपालगञ्ज अार्इपुगेका ज्ञानेन्द्रले अाज (शनिबार) बिहानै बागेश्वरी मन्दिरकाे दर्शन गरि जन्मोत्सवको दिन शुरू गरे ।

नेपालगञ्जको होटल सोल्टीमा ज्ञानेन्द्रले बिहान ११ बजेपछि समर्थकसँग भेटघाट गर्दैछन् ।

राजतन्त्रप्रति समर्थन राख्नेहरूले ज्ञानेन्द्रको जन्मोत्सवको अवसरमा नागरिक समारोह समिति समेत गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?