म अभिनय नै रोज्छु : सुरक्षा पन्त (भिडियो सहित)

काठमाडौं । फिल्म ‘धनपति’ पछि सुरक्षा पन्तको परिचय फराकिलो भएको छ । यो फिल्म भन्दा पहिले छायांकन सकिएको ‘सुस्केरा’ अझै पेन्डिङमा छ । सुरक्षा भने एकपछि अर्को फिल्ममा देखिन थालेकी छिन् ।

उनले आफ्नो कपालको स्टाइल केही फरक बनाएकी थिइन् । पहिले भन्दा अलि फरक । लोकपथको स्टुडियोमा आउँदा झनै क्युट देखिएकी ।

‘सधैँ के एउटै स्टाइल बनाउनु भनेर नि ।’, हामीले सोधेको प्रश्नको जवाफ फर्काउँदै उनी मुस्कुराइन् ।

इन्जिनियरिङ की विद्यार्थी सुरक्षालाई यतिबेला फिल्मको प्रचारका लागि पनि समय छुट्याउनु छ । अर्को तिर बोर्ड परीक्षा चलिरहेको छ ।

‘इक्जाम दिएर सिधै यहीँ आएको जाम र घाम उस्तै छ, जानुपर्ने काममा पनि समयमा पुग्न गाह्रै छ काठमाडौंमा ।’ पानी पिउँदै उनले थपिन् ।

भिजे हुँदै नायिका डेब्यु गरेकी सुरक्षा पन्तको व्यस्तता बढेको छ आज काल । एकातिर उनको बोर्ड इक्जाम, अर्कातिर रिलिज हुन लागेको फिल्म ‘भैरे’ को प्रचार ।

‘भ्याए सम्म समय मिलाइरहेकी छु ।’ कपाल मिलाउँदै उनले थपिन् ।

हुन त उनले अहिलेसम्म पाँच फिल्ममा मात्रकाम गरेकी छिन् । तर, नेपाली नायिकामा चर्चामा आउने नायिका मै पर्छिन् उनी ।

हरेक चलचित्रमा फरक भूमिका निभाउन खोज्ने सुरक्षा आफूलाई कमेडी फिल्ममा अभिनय गर्ने चाहना जागेको बताइन् । ‘कमेडी फिल्ममा मात्र होइन, राजनैतिक विषयमा बनेको फिल्ममा पनि अभिनय गर्न मन छ’, उनले थपिन् ।
‘राजनीति त्यस्तो मनपर्छ ?’, हामीले सोध्यौं ।

‘राजनीति’शब्दसँग त्यस्तो गुनासो छैन, तर हाम्रो देशमा जस्तो अभ्यास भइरहेको छ, त्यो चाहिँ मन पर्दैन ।’, उनको सटिक जवाफ थियो ।

…………….

इन्जिनियरिङमा मास्टर्स गर्दै गरेकी सुरक्षासँग सोधिने प्रश्नहो – किन फिल्म क्षेत्रमा प्रवेश गर्नुभयो ?

‘कहिलेकाहीँ त दिक्क लाग्छ । एउटै कुरा कति भन्नु ?’ नाक खुम्चाउँदै उनले उत्तर दिइन्, ‘दुवै क्षेत्रलाई ब्यालेन्स गरेर अगाडि लैजाने मन छ, दुवै कलाकै विधाहुन् ।’

‘कहिलेकाहीँ त दिक्क लाग्छ । एउटै कुरा कति भन्नु ?’ नाक खुम्चाउँदै उनले उत्तर दिइन्, ‘दुवै क्षेत्रलाई ब्यालेन्स गरेर अगाडि लैजाने मन छ, दुवै कलाकै विधाहुन् ।’

पढाइ र अभिनयलाई सँगै लैजाने उनको योजना अहिले बनेको होइन । जहिलेदेखि उनले अभिनय थालिन्, त्यति बेलादेखि नै पढाइ पनि साथै लैजाने उनको योजना थियो । तर यदि, कुनै त्यस्तो समय आयो र एउटा रोज्नुप–यो भने?

‘ओहो ! हाहा.. म अभिनय नै रोज्छु ।’, सोच्न धेरै समय लिइनन् उनले ।

नेपाली चलचित्र क्षेत्रमा पब्लिसिटी पाउन अनेक थरीका विवादमा मुछिने प्रवृत्ति बढ्दो छ । झन् आफ्नो फिल्म रिलिज हुने बेला त नायक नायिका प्रेम सम्बन्धको नाटक गर्ने, कन्ट्रोभर्सी सिर्जना गर्ने पनि गर्छन् ।

नेपाली चलचित्र क्षेत्रमा पब्लिसिटी पाउन अनेक थरीका विवादमा मुछिने प्रवृत्ति बढ्दो छ । झन् आफ्नो फिल्म रिलिज हुने बेला त नायक नायिका प्रेम सम्बन्धको नाटक गर्ने, कन्ट्रोभर्सी सिर्जना गर्ने पनि गर्छन् ।

अहिलेसम्म कुनै विवादवा कन्ट्रोभर्सीमा नमुछिएकी सुरक्षा आगामी दिनमा पनि सकभर गलत तरिकाले सस्तो लोकप्रियता हाँसिल गर्न नचाहने बताउँछिन् ।

‘आफ्नो तरिकाले अभिनय गर्छु, प्रस्तुति अनुसार प्रतिफल चाहन्छु, छिटो चर्चित हुनु छैन मलाई, तर अरुले के गर्छन् भन्ने कुरालाई पनि म सामान्य नै लिन्छु’, उनी भन्छिन्, ‘म त अर्को जन्ममा पनि अभिनेत्री नै हुन चाहन्छु, कला क्षेत्रमै काम गर्न चाहन्छु ।’

सुरक्षालाई फिल्म लेखन र निर्देशनमा पनि रुचि छ ।

उनका अनुसार यो क्षेत्रमा चलचित्र निर्देशन वा लेखनमा लागेका महिलाहरू एकदमै कम छन् । 

आफ्नो हरेक काममा पूर्णता चाहन्छिन् उनी ।

‘कुनै दिन सुरक्षाजी ले फिल्म लेखेको सुन्न पाइन्छ त ?’, हाम्रो प्रश्न थियो ।

‘यस्तो काम चाहिँ औपचारिक रुपमा ज्ञान नलिउन्जेल गर्दिनँ । शुरुमा आफूलाई पोख्त बनाउँछु । अरुले आफ्नो काममा औँला उठाउने बाटो नपाउन् ।’ 

धनपतिमा निभाएको गृहिणीको भूमिकाबाट राम्रो प्रशंसा बटुलिन् सुरक्षाले । अझ गृहिणी महिलाले नै उनलाई बढ्ता रुचाए ।

धनपतिमा निभाएको गृहिणीको भूमिकाबाट राम्रो प्रशंसा बटुलिन् सुरक्षाले । अझ गृहिणी महिलाले नै उनलाई बढ्ता रुचाए ।

वास्तविक जीवनमा भने तत्कालै घुम्टो ओढ्ने सोचमा छैनन् उनी । तर, घुम्टो ओढाउने मान्छे चाहिँबुझ्ने होस् भन्ने चाहन्छिन् । 

‘मलाई हँसाउन पनि सक्नु प–यो । सेन्स अफह्युमर भएको मान्छे भेटेँ भने भनौँला न तपाईंलाई ।’ (आँखा झिम्काउँदै)

उनलाई मन पर्ने गीतहो – ‘म तिम्रो लागि सारा संसार भुलाइ दिन्छु’ 

अभया सुब्बाको गीत ।

आफूलाई बाथरुम सिङ्गर भने तापनि लोकपथको लागि उनले दुई लाइन गुनगुनाइन् । 

‘संसार चाहिँ कसका लागि भुलाउनु हुन्छ त ?’

(हाँस्दै) ‘आफ्नै लागि नि ! आफूले आफैंलाई माया गर्न जरुरी छैन र ?’, उनले थपिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?