विपना, विकास र अमिर पहिलो

काठमाडौं । विपना ब्लोन, विकास मगर र अमिर ब्लोनले एनएसआरए युथ स्क्वास प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विपना गल्र्स यु–२१, विकास ब्वाइज यु–१५ र अमिर ब्वाइज यु–१९ च्याम्पियन बने ।

सातदोबाटोमा भएको गल्र्स यु–२१ फाइनलमा विपनाले स्वास्थानी श्रेष्ठलाई १३–११, १२–१० र १२–१० को सोझो सेटमा पराजित गरिन् । सपना ब्लोन र मुस्कान राउत तेश्रो भए ।

ब्वाइज यु–१५ फाइनलमा विकासले सलिम थापा मगरलाई ५–११, ११–४ र ११–४ को सेटमा हराए । सजिप आचार्य र पासाङ तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।

ब्वाइज यु–२१ उपाधि भिडन्तमा अमिरले दीपक थापामाथि ११–९, ११–२ र ११–८ को जित दर्ता गरे । विजय मगर र गोपाल थापा संयुक्त रुपमा तेश्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । संघका पूर्व महासचिव एवं वर्तमान सल्लाहकार ध्रुव गुरुङले एकल प्रायोजन गरेको प्रतियोगिताको कुल पुरस्कार राशी ३५ हजार २ सय रुपैयाँ थियो । तीनदिने प्रतियोगितामा २५ खेलाडीले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?