काठमाडौं । भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको छ ।
भारतले नेपालमा आयात भइरहेको विजुलीको मूल्य २० प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको हो । तर, नयाँ दिल्लीमा हालै सम्पन्न बैठकमा सहभागी नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको छ ।
नेपालले भारतबाट पिक समयमा झण्डै ४५० सय मेगावाट बिजुली आयात गरिरहेको छ । यसमध्ये करिब ३ सय मेगावाट बिजुली यही कमिटीले तोक्ने दररेटमा खरिद गरिन्छ ।
नेपाल–भारत विद्युत आदान प्रदान समिति (पीइसी)को बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो ।
बैठकमा भारतले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउने प्रस्ताव गरेको छ । तर, नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ दिएका छन् ।
समितिको अर्को बैठक फेरि ३ महिनाभित्रै बस्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया