काठमाडौं । लामो समय बन्द रहेका रञ्जना र गोपीकृष्ण हल शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् । पुनर्निर्माणपछि नयाँ स्वरुपमा यी दुई हल सञ्चालनमा आउन लागेका हुन् ।
बहुप्रतीक्षित बलिउड फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै दुवै हलले सेवा थालनी गर्न लागेका हुन् ।
पुरानो भवन भत्काएर नयाँ निर्माण गरिएपछि दुई वर्षदेखि बन्द रहेको चावहिलस्थित गोपीकृष्ण हल पनि शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
नयाँ गोपीकृष्णमा तीन अडिटोरिम र ३३५ सिट क्षमता छ । आधुनिक भारतीय प्रविधिको प्रोजेक्सन र ध्वनि जडान गरिएको हलको सुरुवात बलिउड फिल्म ‘आरआरआर’ प्रदर्शनसँगै हुनेछ ।
त्यसैगरी मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा न्युरोडस्थित रञ्जना हल बन्द गरिएको थियो । अहिले निर्माणकार्य पूर्णरूपमा सकिएकाले सञ्चालनकाे तयारी गरिएकाे हाे ।
सिनेप्लेक्सको तीन अडिटोरियममा ५३१ सिट क्षमतासहित अत्याधुनिक प्रविधि र सुविधासम्पन्न ढङ्गले निर्माण गरी रञ्जनालाई शुक्रबारदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।
फोके प्रोजेक्सन, डल्बी र एलडब्लू ध्वनि प्रणाली र थ्रीडी प्रविधि जडान भएको र काठमाडौंको व्यस्त र सेन्टरमा भएकाले हल राम्ररी चल्नेमा ढुक्क भएको बताएका छन्, सञ्चालक नरेन्द्र महर्जनले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया