एजेन्सी : सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच भएको शिखर वार्ताले बढाएको राजनीतिक वार्तामा गतिरोध उत्पन्न भएको देखिएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले गरेको उत्तर कोरिया भ्रमणपछि सार्वजनिक उत्तर कोरियाली अभिव्यक्तिले यस्तो सन्देश दिएको देखिएको हो ।
उत्तर कोरियाली समाचार एजेन्सीले अमेरिकाको व्यवहार दुखदायी रहेको टिप्पणी गरेको छ ।
एजेन्सीले अमेरिकी विदेशमन्त्री पोम्पिओले गरेको परमाणु निःसशस्त्रीकरणको माग एकतर्फी भएको जनाएको छ ।
दुई दिने भ्रमण सकेर पोम्पिओ त्यहाँबाट जापान गए ।
तर उत्तर कोरियाको यो अभिव्यक्ति सार्वजनिक हुन अघि पोम्पिओले उत्तर कोरियाली नेतासँग भएको वार्ता सकारात्मक रहेको टिप्पणी गरेका थिए ।
अमेरिकी गुप्तचर नियोगको गुप्त दस्तावेजका अनुसार उत्तर कोरियाले परमाणु कार्यक्रम जारी राखेको र युरेनियम प्रशोधन गर्ने कार्य जारी राखेको छ ।
अमेरिकी मिडियाले उत्तर कोरियाले योंगब्योन परमाणु संयन्त्रको क्षमता बृद्धि गरिरहेको जनाएको छ ।
यो औपचारिकरूपमा उत्तर कोरियाको एक मात्र युरेनियम प्रशोधन केन्द्र हो ।
अमेरिकी गुप्तचर निकायको दाबी अनुसार उत्तर कोरियाले यो काम अन्य दुई गुप्त स्थानमा गरी रहेको छ साथै ब्लास्टिक क्षेप्यास्त्र प्रणालीको विकास पनि गरिरहेको छ ।
म्यासाचुसेट इन्स्टिच्युुट अफ टेक्नलजिमा राजनीति विज्ञानका प्राध्यापक विपिन नारङका अनुसार किमले गरिरहेको काम सिंगापुरमा भएको सहमतिको उल्लंघन नभएको बताए ।
उनले भने “सिंगापुरमा परमाणु निःसशस्त्रीकरण गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो र यो चरणबद्धरूपमा हुने जनाइएको थियो ।
यसबारे विस्तारमा केही उल्लेख गरिएको थिएन ।
त्यसैले किम आफ्नो परमाणु संयन्त्रमा काम जारी राख्न स्वतन्त्र हुनुहुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया