काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले चालु अार्थिक बर्षभित्र विभिन्न २० वटा वित्तीय संस्थालार्इ ८ अर्ब १० करोड २० लाख ९९ हजा रूपैयाँ बराबरको साधारण शेयर (अार्इपीअो) बिक्री गर्ने अनुमति दिएको जनाएको छ ।
अार्थिक बर्ष २०७४/७५ को साउनदेखि अहिलेसम्म अार्इपीअो जारी गर्न अनुमति लिएकामध्ये जलविधुततर्फका मात्रै १३ कम्पनी रहेका छन् । यीमध्ये अधिकांशले अार्इपीअो बिक्री गरिसकेका छन् ।
यसैगरी, नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, एनएमबी बैंक र नेपाल बैंकलार्इ पनि बोर्डले एपपिओ बिक्रीका लागि स्वीकृति दिएको छ। स्वीकृति पाएकामध्ये हाल एनएमबी र नेपाल बैंकको एफपीअोमा अावेदन खुलिरहेको छ ।
यी ५ कम्पनीले ११ अर्ब ४२ करोड २० लाख ८२ हजार ९ सय ५४ रूपैयाँबराबरको ३ करोड ४८ लाख १५ हजार ५ सय ८६ कित्ता एफपीअो बिक्री गर्ने अनुमति लिएका हुन् ।
बोर्डका अनुसार अहिले विभिन्न १४ कम्पनीले साधारण शेयर (अार्इपीअो) निष्काशनका लागि अनुमति कुरेर बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया