फोर्स गुर्खा नेपाली बजारमा सार्वजनिक हुँदै

लोकपथ
5.6k
Shares

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नँया गाडी फोर्स गुर्खाको नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गर्दै छ।

नेपालको बाटोहरुमा आफ्नो उत्पादन आजदेखि बिक्री वितरण सुरु गर्न लागेको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्रीवितरण हामी आजदेखि गर्दै छौ,’ आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापा बताउछन्। आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हो।

‘ग्राउण्ड(अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ।

लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको कम्पनीको दाबी रहेको छ।

यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था रहेको छ ।

मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एक मात्र यस्तो गाडी हो जुन बिनाकुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ।

त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्यभन्दा विशेष प्रकारको रहेको बताइएको छ।

अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभसम्बन्धी गरेको कभरेजमा गुर्खा को डिजाइन, इस्टाइल र स्पेस अरुभन्दा उकृष्ट भएको जनाएका थिए।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खा को वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चार पटक सम्म निः शुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन् । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधारसहित गुर्खा को अधिकृत बिक्रेताले ग्राहकहरुलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?