भेनेजुएलामा एक कपाल कटाईको मूल्य ५ केरो र दुई अन्डा

एजेन्सी : चरम मुद्रास्फितिको (हापरइनफ्लेशन) चेपटामा फसेको दक्षिण अमेरिकी देश भेनेजुएलामा नगदको चरम अभाव भएको छ ।

कुनै बेला दक्षिण अमेरिकाको सर्वाधिक धनी देशको रूपमा रहेको भेनेजुएलामा नगदको चरम अभाव भएपछि यहाँ वस्तु विनिमयको प्रथाले व्यवहारिक दैनिक जीवनमा स्थान बनाएको छ ।

यसअनुरूप एक कपाल कटाईको मूल्य ५ केरा र दुई अन्डा बन्न पुगेको छ । पेट्रोलियम पदार्थको धनी देशको अर्थतन्त्र बिग्रेपछि यहाँ आधारभूत आवश्यकता पूरा गर्न वस्तु विनिमय गर्नुपर्ने भएको छ । 

। भेनेजुएलाका राष्ट्रपतिमा निकोलास मदुरोको कार्यकालमा अर्थतन्त्र कमजोर बन्न पुग्यो ।

तेलको भाउमा आएको कमीले भेनेजुएलालाई थप कमजोर बनायो।

तर फेरि मे महिनामा मदुरो राष्ट्रपतिमा जितेपछि अमेरिकाले त्यसको विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?