पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ दोषी ठहर

एजेन्सी : २५ जुलाईका दिन हुने आम निर्वाचन अधि पाकिस्तानका पूर्व प्रधानमन्त्री नवजा सरिफलाई अदालतबाट दोषी ठहर गरेको समाचार त्यहाँ व्यापक चर्चा पाएको छ ।

गत शुक्रबार अदालतले सरिफलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो ।

नवाज शरीफलाई यसअघि नै  अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा गर्नु परेको थियो ।

तर शुक्रबारको फैसलाले उनकी छोरी र ज्वाँइलाई समेत भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । 

आय भन्दा बढी सम्पत्ति जम्मा गरेको अभियोगमा उनीहरूलाई दोषी पाइएको फैसलामा भनिएको छ ।

सरिफलाई १०वर्ष छोरी मरियम नवाजलाई ७ साल र ज्वाँइ क्याप्टेन सफदरलाई १ वर्षको जेल सजाय तोकेको छ ।

साथैउनीहरूलाई जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

सरिफलाई ८० लाख पाउन्ड, छोरी मरियमलाई २० लाख पाउन्ड तिर्नुपर्ने फैसला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?