नयाँ दिल्लीको एम्सका डाक्टर भन्दा बढी तलब पाउने डाक्टर

एजेन्सी : भारतको माओवादी प्रभावित क्षेत्रमा काम गर्ने डाक्टरहरूले नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिल साइन्स(एम्स)का डाक्टरहरू भन्दा बढी तलब पाउने गरेका छन् ।

बाजपुरको अस्पतालमा डा. आकृति शुक्लाले फेब्रुअरीमा काम शुरू गरिन् । २९ वर्षीया गाइनाकलोजिस्टले शल्य चिकित्सामा स्नात्तकोत्तर गरी काम शुरू गर्न पुग्दा उनको तलब महिनाको २ लाख भयो  ।

छत्तीसगढको राजधानी रायपुरमा अस्पताल छ । शुक्लाका आमाबाबु त्यहीं बस्छन् तर  त्यसको तलब कुनै विशेषज्ञ डाक्टरका लागि ५६ हजारबाट शुरू हुन्छ ।

यहाँ मात्रै होइन एम्समा पनि डाक्टरको तलब एक लाख मुनि नै हुन्छ । 

बाजपुर रायपुरबाट  ५ किलोमिटर टाढा रहेको माओवादी प्रभावित क्षेत्र हो ।

यहाँ १७२ माओवादी हिंसात्मक घटना सन् २०१७मा भयो । जुनसम्म ६८वटा हिंसात्मक घटना भइसकेका छन् ।

त्यसैले शुक्लाका आमाबाबुले छोरीलाई त्यहाँ काम गर्न नपठाउन भनेका थिए ।

तर बाजपुर, दन्तेवाडा छत्तिसगढका जिल्ला र केओन्झार ओडिसो जिल्लामा डाक्टरहरूलाई धेरै तलब दिएर राख्ने गरिन्छ ।

२लाख देखि अढाईलाख समम प्रतिमहिना तलब दिने गरिन्छ । यो तलब खानी कम्पनीबाट प्राप्त भएको रकमबाट उपलब्ध गराइन्छ ।

खानी तथा खनिज विकास ऐन २०१५मा लागु भएपछि  १२ खनिज पदार्थ धनी प्रान्तहरूमा ओडिसा, छत्तिसगढ, मध्यप्रदेश र झारखण्डसमेत छन् ।

यो ऐन बमोजिम स्वास्थ्य हेरचाहका लागि खर्च गर्न भनिएको छ । खानी कम्पनीहरूले १० देख ३० प्रतिशतको रोयल्टी तिर्नुपर्नेछ ।

त्यसैले यहाँ राम्रो स्वस्थ्य सेवाका लागि राम्रा राम्रा डाक्टरलाई बढी तलब तिरेर राख्ने गरिन्छ । यो कानुन २०१५मा बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?