एजेन्सी : अमेरिका र चीनबीच भइरहेको व्यापार युद्धको प्रभावलाई सन्तुलनमा राख्न युरोपियन युनियनले कार्ड खेल्न पर्ने आवश्यकता औंल्याइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषकी निर्देशक क्रिस्टिन लाग्रेडले एकीकृत युरोपले व्यापार युद्धलाई सन्तुलनमा राख्न कार्डको प्रयोग गर्न सक्ने बताएकी छिन् ।
दक्षिणी फ्रान्समा आयोजित एक आर्थिक कार्यक्रमलाई सम्बोधन गर्दै लाग्रेडले भनिनु “युरोपले धेरै विशिष्ट कार्डको प्रयोग गर्न सक्छ।”
अमेरिका र चीनका लागि युरोपको महत्व रणनीतिक रहेको छ । जुलाई १६ र १७मा बेइजिंगमा आयोजना हुने इयु चीन शिखर सम्मेलनको एक साता अघि लाग्रेडले यस्तो बताइन् ।
तर यसका लागि युरोपेली युनियनका देशहरू एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया