बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट

लोकपथ
105
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट हुने भएको छ ।

बैंक र क्याफेबीच भएको सहमति अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० छुट पाउने बैंकले जनाएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?