आरआरआर : बक्स अफिसमा गर्जन्छ कि ‘द कश्मीर फाइल्स’को अगाडि घुँडा टेक्छ ?

लोकपथ
1.3k
Shares

काठमाडाैं । एसएस राजामौलीको निर्देशनमा बनेको ‘आरआरआर’ यो शुक्रबारबाट ५०० स्क्रिनमा रिलिज भएको छ। जुनियर एनटीआर र राम चरणजस्ता कलाकारको साथमा रिलिज भएको यो फिल्म अहिलेसम्मकै ठूलो रिलिज मानिएको छ ।

फिल्मको घोषणा भएदेखि नै यसबारे धेरै कुरा सुनिएको छ । त्यसैले यो फिल्मलाई लिएर मानिसहरु निकै उत्साहित देखिन्छन् । तर अहिले सर्वाधिक कमाइ गरिरहेकाे फिल्म ‘द कश्मीर फाइल्स’लाई कडा टक्कर दिन भने सक्छ कि सक्दैन भन्ने कुरा यतिबेला बहसकाे विषय बनेकाे छ ।

‘द कश्मीर फाइल्स’ले ‘बच्चन पाण्डे’ जस्तै ‘आरआरआर’लाई ध्वस्त पार्न सक्छ कि विवेक अग्निहोत्रीको फ्यान फलोइङ एसएस राजामौलीलाई भारी बनाउने हो, त्यो हेर्न बाँकी छ । 

 पहिलो दिन बक्स अफिसमा कस्तो रहला ?

आरआरआरको चर्चापछि सबैको नजर यस फिल्मको ओपनिङ डे कलेक्सनमा छ । फिल्मको हिन्दी संस्करणले पहिलो दिन १५ करोड रुपैयाँ कमाउने अपेक्षा गरिएको छ । यदि ‘द कश्मीर फाइल्स’को क्रेजले ‘आरआरआर’मा टोल लियाे र ओपनिङ डेमा फिल्मले अनुमानित आँकडाभन्दा कम कलेक्सन गर्याे भने, यो एसएस राजामौलीका लागि खतराको घण्टी साबित हुन सक्छ। 

एसएस राजामोसीद्वार निर्देशित फिल्म ‘बाहुबली २’ ले भारतीय सिनेमामा अहिलेसम्मकै ठूलो ओपनिङ दिएको थियाे । फिल्मले ६ वर्षअघि एउटा बेन्चमार्क कायम गरेको थियो, जुन टुट्न सकेको छैन ।

तर ‘आरआरआर’जस्तो ठूलो स्टारडम भएको फिल्मले नयाँ ओपनिङ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ । फिल्मले भारतभर पहिलो दिन करिब १५० करोड कमाउने नयाँ आयाम बनाउने ट्रेड एनालिस्टको भनाइ छ ।

फिल्म-आरआरआर

 

यति धेरै स्क्रिनमा रिलिज हुने
यो फिल्म भारतभरका ५ हजार स्क्रिनमा रिलिज हुँदै छ भने नेपालका पनि अधिकांश हलहरूमा लाग्ने याे फिल्मकाे अग्रमी टिकट बुकिङ फुल भइसकेकाे छ। साउथका ठूला फिल्म र ‘द कश्मीर फाइल्स’ कति स्क्रिनमा रिलिज भएका छन् भन्ने जानकारी गरौं । 

चलचित्रको नाम कति स्क्रिनमा रिलिज भयो ?
बाहुबली २ ९०००
पुष्पा ४०००
कश्मीर फाइलहरू  लगभग ३२५५
आरआरआर ५०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?