अविवाहित आमा, पुष्पा

हिँड्दै थिइन् ।

कसैले पछाडिबाट उनको सल तान्यो ।

फर्केर हेर्दा एकजना सानी नानी मुस्कुराइरहेकी थिइन् ।

उनको मन चसक्क भयो ।

सोचिन् – अपराधी बस्ने घरमा किन छन् यी कलिला बालबालिका ?



पछि कुरा बुझ्दै जाँदा थाहा भयो कारागारमा कैदीका साथसाथै उनीहरुका छोराछोरी पनि बस्दा रहेछन् । 

कोसँग जाउन् त उनीहरु ? कसैका आफन्त नै छैनन् ।  कसैका छन् तर अपराधीको सन्तानलाई कसले वास दिने ?

कोसँग जाउन् त उनीहरु ? कसैका आफन्त नै छैनन् । 

कसैका छन् तर अपराधीको सन्तानलाई कसले वास दिने ?

त्यसैले आफूले गर्दै नगरेको गल्तीको सजाय काटिरहेका थिए ती अबोध बालबालिका ।

उनले ठानिन् ती बच्चाहरुले जसरी नि न्याय पाउनै पर्छ । 

अभिभावक जेलबाट रिहा नहुन्जेलसम्म उनीहरुको पालनपोषणका निमित्त संस्था खोलिन् । र बनिन् उनीहरुकी अविवाहित आमा ।

उनी हुन् सन् २०१२ कि सिएनएन हिरो पुष्पा बस्नेत । 

हरेक बिहान उनको निन्द्रा कुनै अलार्मले होइन, आफ्ना छोराछोरीको ‘गुडमर्निङ मामु’ ले खुल्ने गर्छ ।

मातृत्त्वको विजारोपण 

मध्यम वर्गीय परिवारकी पुष्पा बस्नेत पढाईमा त्यति अब्बल थिइनन् । उनको जीवनमा यही गर्छु भनेर कुनै निश्चित लक्ष्य नै थिएन ।

एसएलसीमा फेल भएपछि उनी स्वयं सेवामा लागिन् ।  

स्नातक तहमा अध्ययन गर्दै गर्दा आफ्नो कलेजको ‘प्रोजेक्ट वर्क’ अन्तर्गत उनले महिला जेलको भम्रण गर्नु पर्ने भयो ।  कारगारभित्र एउटी सानो नानीले उनको सल समाएर मुस्कुराइन् । उनको मन पग्लियो । 

यसरी सेवा गरिरहँदा उनलाई आफू समाजसेवाकै लागि जन्मिएको हो भन्ने अनुभुति भयो ।

त्यसपछि उनले समाजशास्त्रलाई नै आफ्नो मुख्य विषय बनाएर अध्ययन गर्न थालिन् ।

बस्नेत २१ वर्षको थिइन् ।

स्नातक तहमा अध्ययन गर्दै गर्दा आफ्नो कलेजको ‘प्रोजेक्ट वर्क’ अन्तर्गत उनले महिला जेलको भम्रण गर्नु पर्ने भयो । 

कारगारभित्र एउटी सानो नानीले उनको सल समाएर मुस्कुराइन् । 

उनको मन पग्लियो । 

निर्दोष बालबालिका बिना कारण कष्टकर जीवन बिताउन बाध्य थिए । आफ्नो अभिभावकको गल्तीको हिस्सेदार बनेका थिए ।

उनलाई यो विषयले पिरोलिरहेको थियो ।

घर फर्केपछि उनले यस विषयमा आफ्ना आमाबुबासँग कुरा गरिन् । उनीहरुले ‘यो त सामान्य कुरा हो, केही दिनपछि बिर्सिहाल्छेस् नि’ भने ।

तर उनले बिर्सन सकिनन् ।

यसरी बनिन् अविवाहित आमा

जेलका बालबालिकाले पनि अन्य बालबालिका सरह नै आफ्नो जीवनयापन गर्न पाउनुपर्छ । नाना, छाना, खाना साथै स्वास्थ, शिक्षा, सुरक्षा पनि उनीहरुका अधिकार हुन् भन्ने कुरा उनलाई राम्रोसँग थाहा थियो । 

उनीहरुलाई त्यहाँबाट जसरी पनि रिहा गराउने योजना बनाइन् । योजना त बन्यो तर त्यसलाई मूर्तरुप दिन त्यति सजिलो थिएन । यसका लागि उनले निक्कै संघर्ष गर्नुप–यो ।

त्यस अघि यो विषयमा कसैको ध्यानाकर्षण भएकै थिएन ।

कानूनी प्रक्रिया पनि झन्झटिलो भयो । बालबालिकालाई रिहा त गर्ने तर उनीहरु जान्छन् कहाँ ? पालनपोषणको जिम्मेवारी कसले लिने ? पढाउने लेखाउने खर्च कसरी जुटाउने ? न उनीसँग कुनै जागिर थियो न त पर्याप्त सम्पत्ति नै ।

त्यसैले कानूनी प्रक्रिया पनि झन्झटिलो भयो ।

बालबालिकालाई रिहा त गर्ने तर उनीहरु जान्छन् कहाँ ? पालनपोषणको जिम्मेवारी कसले लिने ? पढाउने लेखाउने खर्च कसरी जुटाउने ?

न उनीसँग कुनै जागिर थियो न त पर्याप्त सम्पत्ति नै ।

२१ वर्षको कलिलो उमेर त्यस माथि बेरोजगार । उनको ‘भिजन’लाई नपत्याउनु पनि स्वभाविक नै हो । 

कानूनी प्रक्रिया पूरा गर्दै गर्दा आफ्नो आर्थिक स्रोत खुलाउन निक्कै हम्मे हम्मे प–यो उनलाई । सुरुमा त परिवारले पनि उनको योजनाप्रति सकारात्मक प्रतिक्रिया दिएकैै थिएन । 

तर भन्छन् नि यदि कुनै चीजलाई मनदेखि नै चाह्यो भने सारा ब्रह्माण्डले तिमीलाई त्यो प्राप्त गर्न मद्दत गर्छ । त्यसरी नै आर्थिक स्रोतहरु जुट्दै गए । उनका साथीहरुले र परिवारले पनि उनलाई सहयोग गरे ।

अन्ततः ७० हजार जुट्यो । फ्ल्याट भाँडामा लिएर आफ्नै संस्था खोलिन् ; प्रारम्भिक बालविकास केन्द्र । 

आर्थिक रुपमा त्यति सबल नभएकाले आफ्नो घरमा भएका पुराना फर्निचरहरुले नै सजाइन् उनले आफ्नो छोराछोरीका लागि छुट्टै घर । 

प्रारम्भिक चरणमा उनको संस्थाले बालबालिकालाई दिवा सेवा प्रदान ग–यो । 

पुष्पा हरेक दिन बिहान कारागारमै पुगेर पाँच बालबालिकालाई ल्याउँथिन् । 

दिनभरि उनीहरुको हेरचाह गरेर साँझमा फेरि कारागारमै पु–याइदिन्थिन् ।

कति बालबालिकाले त बाहिरको संसार नै देखेका थिएनन् । सबैजना खुसी थिए नयाँ जीवन पाएकोमा ।

बटरफ्लाई होम

दुई वर्षपछि उनले बटरफ्लाई होम (पुतली घर) नामक चिल्ड्रेन होम स्थापना गरिन् । जहाँ ४५ दिनदेखि २१ वर्षसम्मका छोराछोरीलाई ममताको डोरीले बाँधेर गुणस्तरीय जीवन दिन पुष्पा सफल भएकी छिन् ।

अहिले उनको बटरफ्लाई होममा ४० बालबालिकाका छन् । सबैजना मिलेर बस्छन् । ठूलाले सानालाई सहयोग गर्छन् ।

सबैजनाले आफ्नो ईच्छा अनुसारको विषय पढ्न पाएका छन् र आफ्नो रुचि अनुसारको अतिरिक्त क्रियाकलाप मार्फत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् ।  

पुष्पाले कारागारमा भएका अभिभावकका निमित्त हस्तकला तालिमको व्यवस्था पनि मिलाएकी थिइन् ताकि उनीहरुले आफ्ना छोराछोरीका लागि लाग्ने खर्च केही हदसम्म आफै जुटाउन सकुन् ।

साथै कारागारबाट रिहा भएपछि पनि उनीहरुले कुनै प्रकारको आर्थिक समस्या झेल्नु नपरोस् । 

सिएनएन सुपर हिरो 

हरेक वर्ष सिएनएन टिभीले मानवहीतमा अतुलनीय योगदान पु–याएर आफ्नो समाजमा परिवर्तन ल्याउन सफल व्यक्तित्त्वहरुलाई सिएनएन हिरो अवार्डले सम्मानित गर्छ ।

बालबालिकाको स्वतन्त्रता र अधिकारका निमित्त प्रभावकारी योगदान पु–याएकाले उनलाई सन् २०१२ को सिएनएन हिरो अवार्डले सम्मानित गरियो ।

त्यसैगरी सिएनएन टिभीले सन् २०१६ मा सिएनएन हिरो अवार्डको १० वर्ष पूरा भएको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट एकलाई सुपर हिरो अवार्ड प्रदान गर्ने घोषणा गरेको थियो ।

मनोनयनमा परेका ६ सिएनएन हिरो मध्ये पुष्पा बस्नेतले सो उपाधि हात पार्न सफल भइन् । 

उनले तत्कालीन राष्ट्रपतिका हातबाट राष्ट्रकै सबैभन्दा सम्मानित पुरस्कार गोरखा दक्षिणबाहु समेत प्राप्त गरेकी छिन् ।

पुष्पाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट धेरै सम्मान तथा पुरस्कार प्राप्त गरिसकिन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?