काठमाडौं । सरकारले साउन १ गतेदेखि टेलिफोन र इन्टरनेट सेवाको शुल्कमा मूल्य वृद्धि गर्ने भएको छ ।
इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शुल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो ।
इन्टरनेट सेवामा प्रदायक (आईएसपी)हरुले पनि साउन १ गतेबाट इन्टरनेट सेवाका शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ ।
नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनकाअनुसार बढेको शुल्कअनुसार नै सेवाहरुमा शुल्क वृद्धि गरिनेछ ।
त्यस्तै टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत पु–याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत मूल्य बढ्ने अनुमान छ ।
यसैगरी सुविसुका संस्थापक सुधीर पराजुलीका अनुसार इन्टरनेट सेवाको मूल्य १४.३ प्रतिशतले महंगिने बताए । तर, सरकारले लगाएको नयाँ करको भार आफूहरुले नबोक्ने बताए ।
निजी मोबाइल सेवा प्रदायक एनसेलले साउनदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया