अर्थ मन्त्रालयले काट्यो नेप्से प्रमुख खारेजीको पत्र

काठमाडौं । सरकारले अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज नेप्से तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको नियुक्ती खारेजीको पत्र काटेको छ । 

गत बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शेरबहादुर देउवा सरकारले भदौ १४ पछि गरेका निर्णय खारेज गर्ने निर्णय गरेपछि अर्थले नेप्सेका प्रमुखको पद खारेजीको पत्र काटेको हो ।

अर्थ मन्त्रालयले नेप्से र कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको नियुक्ती खारेजी भएको पत्र पठाइसकेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

अर्थले पत्र काटेपछि नेप्से प्रमुखको नियुक्ती खारेज भएको पुष्टि भएको छ ।

तर, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने आफुले यस सन्दर्भमा कुनै पत्र नपाएको बताए । 

उनले भने ’अहिलेसम्म मैले कुनै पत्र पाएको छैन’, म राजनैतिक नियुक्ति भन्दा पनि खुला प्रतिस्पर्धाबाट छनौट भएको भन्दै उनले सरकारको निर्णयप्रति कानूनी उपचार खोजिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?