काठमाडौंको गोगंबु बसपार्कबाट पेस्तोल देखाउँदै अपहरण !

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क, पवित्रनगरस्थित होटल एभ्रिडेमा वैदेशिक रोजगारीबाट फर्किएर बास बस्न लागेका एक व्यक्तिलाई अज्ञात समूहले अपहरण गरेको छ ।

कसको र किन अपहरण भएको भन्ने बारेमा अझै खुल्न सकेको छैन । महानगरीय प्रहरी प्रभाग, बसपार्कका प्रमुख मोहन केसीले होटलबाट अपहरणमा परेको हल्ला चलेको र अहिले प्रहरीले चेकपोस्ट थालेको बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए । घटनाको थप जानकारी अझै आइसकेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?