हाडजाेर्नी शल्यचिकित्सकको सम्मेलन विराटनगरमा हुँदै

मोरङ : हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । 

अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा. रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तरराष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो । 

सम्मेलन फागुन २ र ३ गते हुनेछ । सम्मेलनमा जापान, सिंगापुर, डेनमार्क, पाकिस्तान, श्रीलंका, भारतलगायत देशका दर्जनौँ अर्थोपेडिक सर्जनको सहभागिता रहने छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका अध्यक्ष डा. नवीन कर्णका अनुसार प्रदेश १ को मेची र धरानमा कार्यरत थप हाडजोर्नीका विशेषज्ञ चिकित्सकलाई संलग्न गराएर प्रदेशस्तरीय एशोसिएशन गठनको समेत तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?