रुसको पाँचौ पुस्ताको लडाकु विमान खरिद गर्न भारत अनिच्छुक

एजेन्सी : भारतले रुसलाई पाँचौ पुस्ताको लडाकु विमान खरिद गर्ने विषयमा अनिच्छा जाहेर गरेको छ ।

ठूलो लागतको यो खरिद परियोजनाबारे भारतले पुनर्विचार गर्न लागेको आधिकारिक स्रोतले जनाएको छ ।

तर यी दुई देशबीचको धेरै महत्वांकाक्षी परियोजना भने पूर्णरूपमा बन्द सकेको छैन् ।

भारत र रुसले अन्तर सरकारी सम्झौता २००७मा हस्ताक्षर गरेका थिए ।

यो सम्झौताले भारत र रुसबीचको सैनिक सम्बन्ध नयाँ रणनीतिक चरणमा पुगेको दुबै पक्षले जनाएका थिए ।

यो परियोजना ११ वर्षका लागि थियो । यो परियोजनाको लागत मुल्यका विषयमा गम्भीर मतभेद देखिएको छ ।

यो परियोजनाको कुल लागत करिब ३० अर्ब अमेरिकी डलर बराबरको रहेको अनुमान गरिएको छ ।

सन् २०१०को डिसेम्बरमा भारतले यो परियोजनाका लागि लडाकु विमानको प्रारम्भिक डिजाइन गर्न २९ करोड ५० लाख आमेरिकी  डलर भुक्तानी दिन सहमत भएको थियो ।

पछि दुबैले पहिलो चरणको फाइनल डिजाइनका लागि ६ अर्ब अमेरिकी डलर दिन सहमत जनाएका थिए ।

तर यसबारे निर्णायक सम्झौतामा हस्ताक्षर गरिएको थिएन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?