नोबेल पुरस्कार सम्मानित अर्थशास्त्रीद्वारा मोदी सरकारको आलोचना

एजेन्सी : प्रसिद्ध अर्थशास्त्री अमत्र्य सेनले  द्रुत गतिमा विस्तार भइरहेको अर्थतन्त्रले गलत दिशामा हाम फालेको टिप्पणी गरेका छन् ।

उनले सन् २०१४ देखि भारत दोस्रो सर्वाधिक खराब क्षेत्रमा पुगेको बताए ।

उनले भने “२० वर्ष अघि यो क्षेत्रका ६ देशहरू भारत, पाकिस्तान, बंगलादेश , श्रीलंका, नेपाल र भुटान मध्ये भारत श्रीलंका पछिको सबैभन्दा दोस्रो राम्रो मुलुक थियो ।

अहिले यो दोस्रो सबै भन्दा खराब देशको रूपमा परिणत भएको छ । पाकिस्तानले आफूलाई निकृष्ट बन्नबाट जोगाउन सफलता पाएको छ ।”

विकास अर्थशास्त्री जीन ड्रेजसँग मिलेर सेनले लेखेको पुस्तक “अन अनसर्टेन ग्लोरी ः इन्डिया एन्ड इट्स कन्ट्राडिक्शन”को हिन्दी संस्कारण “भारत और उसके विरोधाभास”को अनावरण कार्यक्रममा

बोल्दै उनले यस्तो बताए ।

सरकारले असमानता, जाति प्रणाली र अनुसूचित जनजातिका मुद्दाहरूलाई बेवास्ता गरेको उनले जनाए ।

उनले भने “ यो मोदी र राहुल बीचको प्रतिस्पर्धाको विषय होइन यो भारत के छ भने विषय हो ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?