‘विदेशी भारी नबोकौँ अब नेपाली काँधले…’

लोकपथ
231
Shares

काठमाडाैं । प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाकाे देशभक्ति गीत ‘यही माटोमा’ सार्वजनिक भएकाे छ । गीतमा  देशको पीर, मर्का र वर्तमान अवस्थालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएकाे छ ।

साधारण जीवन जिउने जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् ।

उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल ‘जीवन शर्मा’मा हेर्न र सुन्न सकिनेछ ।

४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली समाजमा फैलिएको विकृति, देशको आर्थिक स्थिति रेमिट्यान्समा निर्भरता धन कमाउन गएका युवा लासको बाकसमा फर्कनु पर्ने हृदयविधारक अवस्थालकाे चित्रण गरिएको छ ।

गीतले विशेषगरी नेपाली युवाहरु विदेशिनुपर्ने तितो यथार्थलाई बडो मार्मिक ढंगले प्रस्तुत गरेकाे छ । बरु देशमै यसको विकल्प खोजी मीठो मसिनो खाएर जिउन गीतले सन्देश दिएको छ ।

रेमिट्यान्सबाट देश चलाउने होइन, नेपालको प्राकृतिक सम्पदामा र नेपाली भूममा नेपाली पसिना बगाउनुपर्छ भन्ने सन्देश पनि दिएको छ ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?