युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम आइएसएमटी कलेज पोखरामा

लोकपथ
175
Shares

काठमाडौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आइएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू आइएसएमटी कलेज पोखरामा पनि सञ्चालन गरिएको छ ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आइएसएमटी कलेज पोखराले जनाएको छ । बेलायतका प्रमुख शहरहरू लगायत हङकङमा समेत सन्डरल्यान्ड युनिभर्सिटीको आफ्नै कलेज रहेका छन् ।

यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड युनिभर्सिटी बेलायतको नयाँ युनिभर्सिटी मध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्‍यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो ।

सोही युनिभर्सिटीको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै अझै भन्नु पर्दा स्थानीय पर्यटकीय शहर पोखरामा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आइएसएमटी कलेज पोखराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?