सिनर्जी फाइनान्सको २५% हकप्रद अाजदेखि

काठमाडाैं : सिनर्जी फार्इनान्सले अाफ्ना शेयरधनीलार्इ अाजदेखि २५% हकप्रद शेयर बिक्री खोलेको छ । 

अाफ्नो संस्थाको ४ कित्ता शेयर हुनेलार्इ १ कित्ता हकप्रद भर्न पाउनेगरि सिनर्जीले १:०.२५ अनुपातमा ११ लाख ८६ हजार २२.४७ कित्ता शेयर बिक्री गर्न लागेको हो । 

साउन २७ गतेसम्म प्रतिकित्ता १ सय रूपैयाँका दरले शेयरधनीले सिनर्जीको हकप्रदका लागि अावेदन दिन पाउनेछन् । हकप्रद वितरणका लागि सिनर्जीले जेठ ३० गते नै बुक क्लोज गरिसकेको छ । 

बेस्ट फार्इनान्सले एक्वायर गर्ने भएपछि फार्इनान्सको शेयर कारोबार गत असोज २४ गतेदेखि रोकिएको छ । त्यसैले, असोज २५ गतेसम्म कायम भएका शेयरधनीले मात्रै सिनर्जीको हकप्रद भर्न पाउने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । 

सिनर्जीको शेयरधनीले प्रभु क्यापिटलको कार्यालय, कमलादी र सिनर्जीको कार्यालय कमलादी, नेपाल धितोपत्र बोर्डबाट अाश्वा सेवा सञ्चालन अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट हकप्रद भर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?