एजेन्सी : चिकित्सकहरूले सानो आन्द्रा भित्र गएर रोगको भिडियो बनाएर पठाउने क्यामराको मदतबाट रोगीको उपचार गर्ने भएका छन् ।
यो क्यामरा औषधिको गोली भित्र तयार गरिएको छ । ठूलो आन्द्राको रोग पत्ता लगाउन चिकित्सहरूलाई सहज भएपनि सानो आन्द्राको रोगलाई पत्ता लगाउन गाह्रो भइआएको थियो ।
इन्डोस्कोपीले पनि ठूलो आन्द्राको जानकारी दिन सक्छ ।
तारहीन प्रविधि( वायरलेस)को सहयोगले एक चमत्कारी क्याप्सुलको निर्माण गरिएको छ ।
यो क्याप्सुलमा सूक्षम क्यामरा जडान गरिएको छ । यसले फोटो खिच्नुको साथै भिडियो पनि तयार गर्न सक्छ ।
सानो आन्द्रामा पुग्ने यो क्याप्सुलबाट चम्किलो सेता किरण निस्कन्छ । त्यो आन्द्राका तन्तुहरूमा पर्छ ।
यसको माध्यमबाट सूक्ष्म क्यामराले सानो आन्द्राको सबै गतिविधिलाई बाहिर स्क्रिनमा देखाउँछ ।
सानो आन्द्रामा पठाउन सकिने यो क्याप्सुललाई पेट भित्रका खाना पचाउने रसायनले पचाउन सक्दैन् ।
यो क्याप्सुलको उपयोग गर्दा रोगीको पेटलाई एक बेल्टले बाँधिन्छ । बेल्टमा रेडियो सेन्सर र डेटा रेकर्डर जडान गरिएको हुन्छ ।
क्याप्सुल निलिएपछिको हरेक सेकेन्डका गतिविधि बेल्टमा देखिन्छ ।
भिडियो अप्सन अन गरिएको अवस्थमा यो गतिविधि लाइभ देखिन्छ ।
यो क्याप्सुल रोगीको पाचनतन्त्रबाट १० र ४८ घन्टा भित्र निस्कन्छ ।
४८ घन्टा पछि फेरि रोगीलाई अस्पतालमा भर्ना गरिन्छ ।
यसबाट सानो आन्द्राका रोगहरू बारे चिकित्सकहरूलाई ठोस जानकारी प्राप्त हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया