उपकुलपति कोर्इरालाले विदेश भ्रमण अनुमति नलिएको शिक्षा मन्त्रालयको दाबी

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको दाबी गरेको छ । 

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपति कोइरालालाई क्यानडामा आयोजित कार्यक्रममा जान रोक नलगाएको अाशय उल्लेख गरेको छ । 

कोर्इरालाले प्रचलित कानूनबमोजिम विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको मन्त्रालयले जनाएको छ ।

विदेश भ्रमणका लागि अनुमति माग्न जाँदा उपकुलपति कोर्इरालालार्इ प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै एक घण्टा थुनेर राखिएको थियो । 

प्राज्ञमाथि प्रधानमन्त्री निवासमै दुर्व्यवहार भएपछि वर्तमान सरकारले थप सार्वजनिक अालोचना खेपिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?