पूर्व भारतीय गृहमन्त्रीको घरमा नगद र गहना चोरी

एजेन्सी : भारतका पूर्व गृहमन्त्री तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीका बरिष्ठ नेता पी चिदम्बरमको घरबाट नगद र गरगहना चोरी भएको छ ।

विभिन्न मन्त्रालय सम्हालेका पूर्व संघीय मन्त्री चिदम्बरमको घरबाट नगद र गहनाको चोरी भएको जानकारी प्रहरीले जनाएको छ ।

एक बरिष्ठ प्रहरी अधिकारीले जनाए अनुसार डेढ लाख नगद र एक लाख जतिको सुनका गहना केही दिनदेखि हराइरहेको छ ।

चिदम्बरमको घरमा सुरक्षा दिन तैनाथ सुरक्षाकर्मीहरू मध्ये शंकास्पदहरूको औंलाको छापा संकलन गरिएको छ ।

यसबारे छानबिन जारी रहेको छ । यो छानबिन ऊजुरी गरिएपछि शुरू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?