सामसंगले सबै भन्दा ठूलो कारखाना भारतमा बनाउने

एजेन्सी : सामसंगले विश्वको सबै भन्दा ठूलो मोबाइल कारखाना भारतमा बनाउने लागेको छ ।

भारतको राजधानी नजिक रहेको नोयडामा सामसंगले सबै भन्दा ठूलो कारखाना खोल्न लागेको हो । 

३५ एकड जग्गाको क्षेत्रमा यो फैलिएको छ ।

यो कारखानाको उद्घाटन दक्षिण कोरियाली राष्ट्रपति मून जाए र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुबैको उपस्थितिमा हुने भएको छ ।

भारतमा सामसंगले पहिलो कारखाना सन् १९९०को शुरूमा स्थापना गरेको थियो । यो कारखानाबाट सन् १९९७ देखि टेलिभिजन बनाउन शुरू गरिएको थियो ।

यो कारखानाबाट सन् २००५ देखि मोबाइल बनाउन थालिएको थियो ।

गत वर्ष जुन महिनामा सामसंगले ४९ अर्ब १५ करोड भारुको लगानीमा नोयडामा कारखानाको विस्तार गर्ने जनाएको थियो ।

एक वर्ष पछि यहाँबाट दोब्बर उत्पादन गर्ने लक्ष्य लिइएको थियो । कम्पनीले ६ करोड ७० लाख स्मार्टफोन भारतमा बनाइरहेको छ ।

नयाँ कारखाना विस्तार भएपछि कम्पनीले भारतमा १२ करोड स्मार्टफोन बनाउने  अपेक्षा गरिएको छ ।

मोबाइल मात्रै नभइ यो कारखानाबाट इलेक्ट्रोनिक्स सामानको निर्माण पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?