रूकुमका बदमास ठेकेदारलार्इ पत्र काटियो

रूकुमकोट : पूर्वाधार विकास र सेवा क्षेत्रका ठेक्का अोगटेर कामलार्इ अलपत्र पारेका बदमास ठेकेदारहरूलार्इ जिल्ला प्रशासन कार्यालयले पत्र काटेर सचेत गराएको छ।

जिल्लामा कार्यान्वयन भर्इरहेका विभिन्न ५ वटा योजना निर्माणमा लापरवाही गरिरहेका याकथुम्हाङ/बीबी जेभी निर्माण सेवा, मृत सञ्जिवणि निर्माण सेवा, अकेला वाविरो जेभी निर्माण सेवा र पम्पु कोसी एन्ड न्यौपाने निर्माण सेवालार्इ प्रशासनले पत्र काटेको हो ।

यी चार ठेकेदार कम्पनीले जिल्लाका ३ वटा मोटरेवल पूल, सडक र एउटा झोलुङ्गे पूल निर्माणमा ढिलार्इ गरिरहेका थिए । मृत सञ्जिवनी निर्माण सेवाले सानोभेरी पूल र लुकुमखोला पूलको निर्माण जिम्मा लिएको छ । यस्तै, याकथुम्हाङ/बीबी जेभी निर्माण सेवाले रुकुमगाड खोला मोटर पुल निर्माण, अकेला वाविरो जेभी निर्माण सेवाले छिपतारा झोलुंगे पुल निर्माणको जिम्मा लिएको छ । पम्पु कोसी एन्ड न्यौपाने निर्माण सेवाले कांक्री–विरगुम–मैकोट सडक विस्तार आयोजनाको जिम्मा लिएको छ ।

ठेकेदारहरूलार्इ सचेत गरार्इनुका साथै यी निर्माण फर्महरूको सूची गृह मन्त्रालयमा पठार्इएको जिल्ला प्रशासन कार्यालय रूकुमले जानकारी दिएको छ । हालसम्म निर्माण भर्इसक्नुपर्ने अायोजनाहरूको निर्माण कार्य भर्खर शुरू गरेका यी ठेकेदारले बढिमा ५०% सम्म मात्र काम सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?