टी—२० क्रिकेट सिरिजको उपाधि भारतलाई

इंग्ल्याण्ड। भारतले इंग्ल्याण्डविरुद्धको तीन खेलको टी—ट्वान्टी क्रिकेटको सिरिज जितेको छ । 

ब्रिस्टोलमा आइतबारराति सम्पन्न भएको अन्तिम खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । 

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ९८ रनको विशाल योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि जासन रोयले ६७ रनको अर्धशतकीय पारी खेले । यता जोस बट्लरले ३४ रनको तथा एलेक्स हेल्सले ३० रनको यागदान दिए ।  बलिङतर्फ भारतका हार्दिक पाण्डयले ४ तथा काउलले २ विकेट लिन सफल भए ।

 जवाफी मैदानमा ब्याटिङ गरेको भारतले १८ ओभर ४ बलमा मात्र ३ विकेट गुमाउँदै  निर्धारित लक्ष्य पुरा गर्यो ।  भारतलाई जित दिलाउन रोहित शर्माले शतकीय पारी खेले ।

रोहितले अविजित एक सय रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले ४३ तथा हार्दिक पाण्डयले अविजित ३३ रनको योगदान दिए । इंग्ल्यान्डका डेभिड विली, ज्याक बल र क्रिस जोर्डनले समान १–१ विकेट लिएका थिए । 

यो जितसंगै भारतले ३ खेलको सिरिज २–१ ले आफ्नो पक्षमा पा्रयो । प्रतियोगितामा भारतका रोहित शर्मा प्लेयर अफ दी सिरिज घोषित भए ।

 यहि बिहीबारदेखि भारत र इंग्ल्याण्डबीचको तीन एक दिवसीय क्रिकेट श्रृंखला शुरु हुनेछ । भारतीय टिम अहिले टी–२०, एक दिवशिय तथा टेस्ट म्याचका लागि इङ्ल्याण्ड भ्रमणमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?