काठमाडौं । २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार चैत्र १४ गते सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
चैत्र १५ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् ।
बिक्री गरिने कुल ट्रेजरीमध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।
बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने, ९१ दिने र एक सय ८२ दिने ट्रेजरी पुरानो नवीकरणअन्तर्गत रहेको छ भने तीन सय ६४ दिने ट्रेजरी नयाँ रहेको छ ।
यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश : २०७९ बैशाख १३ गते, २०७९ असार १४ गते, २०७९ असोज ११ गते र २०७९ चैत्र १४ गते तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसअघि गत साता अर्थात् यही चैत्र सात गते पनि राष्ट्र बैकले ११ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया