विश्वकप प्रिभ्युः यसरी अगाडि बढेका छन् सेमिफाइनलमा पुगेका टिम, कसको सम्भावना बढी?

रसिया । जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलका खेल मंगलबारबाट शुरू हुँदैछ ।

समूह चरणदेखि उत्कृष्ट प्रर्दशनका साथै नतिजा निकाल्दै चार टिमले सेमिफाइनलको स्थान तय गरिसकेका छन् ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिल र उरुग्वे क्वार्टरफाइनलबाटै बाहिरिपछि विश्वकप युरोपेली टिमले कब्जामा लिइसकेको छ, उपाधि होडमा अन्तिम चारमा पुगेका चार टिममध्ये फ्रान्स र इंग्ल्यान्ड पूर्वविजेता टिम हुन् ।

सन् १९६६ मा इंग्ल्यान्डले घरेलु मैदानमा उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

जिनेदिन जिदान नेतृत्वको फ्रान्स २००६ को विश्वकपको फाइनलमा भने इटालीसँग पराजित हुँदै दोस्रो पटक उपाधि जित्नबाट बञ्चित बनेको थियो ।

जारी विश्वकपका कुल ६० खेलमध्ये ४ टोली  उपाधि भिडन्तको दौडमा रहेका छन् । क्रोएसिया र बेल्जियम पहिलोपटक उपाधि उचाल्दै इतिहासमा स्वर्णिम अक्षरले नाम लेखाउने दाउमा रहेका छन् ।

यी चार मुलुकमध्ये आफ्नो खेलमा जसले लगातार दुई खेलमा जीत हात पार्नेछ उसैले विश्वकपको उपाधि चुम्नेछ । 

अन्तिम चरणमा पुगेका यी चार टिममध्ये एक टोली यसपटकको २१ औं विश्वविजेता बन्नेछ ।

यता सेमिफाइनलमा पुगेको बेल्जियमले ३२ वर्ष पछि पहिलो पटक सेमिफाइनलको खेल खेल्न लागेको हो ।

गत शनिवारको क्वाटरफाईनलका दुई खेलको समाप्तिसँगै फ्रान्स, इंग्ल्याण्ड, बेल्जियम र क्रोएसियाले अन्तिम ४ मा स्थान बनाएका छन् ।

विश्वकपमा अन्य महादेशका टोलीलाई पन्छाउँदै युरोपेली चार मुलुक सेमिफाइनलको स्थानमा पुग्न सफल भएपछि यसपटकको उपाधि पनि युरोपेली राष्ट्रकै पोल्टामा पर्ने निश्चित छ । 

इंग्ल्याण्ड र फ्रान्स राम्रो फममा रहेका बेला बेल्जियम र क्रोएसियाको विश्वकपको सेमिफाइनल यात्रा टुंगिने हो या फाइनलसम्म तय हुने हो त्यो भने हेर्न बाँकी छ ।

मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा बेल्जियमले फ्रान्ससँग सेन्ट पिर्टसवर्ग स्टेडियममा भिड्दैछ । 

यता सेमिफाइनलमा पुगेको बेल्जियमले ३२ वर्ष पछि पहिलो पटक सेमिफाइनलको खेल खेल्न लागेको हो ।

यता बुधबार हुने अन्तिम चारको खेलमा क्रोएसियाले बलियो प्रतिद्धन्दी इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टिमबीचको खेल लुज्निकी स्टेडियममा हुनेछ । सेमिफाइनलको दुवै खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरू हुनेछ । 

यसपटक उपाधि जित्दै इतिहास रच्ने दाउमा रहेको बेल्जियम जारी विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुग्न सफल टोली हो ।

बेल्जियमले सेमिफाइनलसम्मको यात्रा पार गर्दा ठूला राष्ट्रलाई पराजित गरेको छ । क्वाटरफाइनलमा बेल्जियमले बलियो मानिएको टिम ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो ।

त्यस्तै, समूह चरणमा भने बेल्जियमले पानामालाई ३–० ले, दोस्रो खेलमा ट्युनिसियालाई ५–२ तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलले हराएको थियो । त्यस्तै, जारी विश्वकपमा अपराजित रहेको बेल्जियमले प्रि-क्वार्टरफाइनलमा एसियाली राष्ट्र जापानलाई ३–२ गोलले पाखा लगाउँदै अघिल्लो चरणमा पुगेको थियो । 

 

सन् १९३० मा बेल्जियमले विश्वकपको पहिलो संस्करणमा समेत सहभागिता जनाएको थियो । सन् १९८६ मा भएको १२ औं संस्करणको विश्वकपमा बेल्जियमले पाँचाैं स्थान हासिल गरेयता अहिलेसम्म खासै उपलब्धि प्राप्त गरेको छैन । 

यो विश्वकपमा स्टार स्ट्राइकर रोमुलु लुकाकु र इडन हजार्डले रसियामा शुरूबाटै मैदानमा प्रभाव देखाइरहेका छन् । केभिन डे ब्रुयेनीले उत्कृष्ट लयलाई पकड्दै खेल खेलिरहेका छन् ।

सन् १९३० मा बेल्जियमले विश्वकपको पहिलो संस्करणमा समेत सहभागिता जनाएको थियो ।

त्यस्तै, विश्वकपमा स्टार खेलाडीले भरिएको टिम फ्रान्स पनि दोस्रोपटक उपाधि जित्ने दौडमा छ ।

पल पोग्बादेखि एन्टोइन ग्रिजमन र युवा खेलाडी केलियन एम्बाप्पे जस्ता उत्कृष्ट खेलाडी फ्रान्सेली टिममा छन् ।

फ्रान्सले विश्वकपको शुरूवात भने सुस्त गतिमा खेल खेलेको थियो । 

फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई र दोस्रोमा पेरुलाई पराजित गर्न निकै सङ्घर्ष गर्नुपरेको थियो । समूह चरणको अन्तिम खेलमा डेनमाकविरुद्ध गोलरहित बराबरी रोकिएको थियो  ।

प्रि—क्वार्टरफाइनलमा लियोनल मेस्सी नेतृत्वको टिम अर्जेन्टिनालाई ४—३ गोलले हराउँदा फ्रान्सले लोभलाग्दो खेल देखाएको थियो । १९ वर्षे केलियन एमबाप्पेले विश्वकप राम्रो खेल खेल्दै आइरहेका छन् ।

अग्रपंक्तिमा एम्बाप्पे र ग्रिजमनले कुनै पनि डिफेन्सलाई ध्वस्त पार्न सक्छन् । अर्का फरवार्ड ओलिभर गिरोड चल्न सकेमा फ्रान्सले दुई दशकपछि फेरि विश्वविजेता बन्ने बाटोमा अगाडि बढ्न सक्छ ।
यता, पाँचौं पटक विश्वकपमा स्थान बनाएको क्रोएसियाले जारी प्रतियोगितामा शानदार प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

क्रोएसिया २० वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्वकपको सेमिफाइनलमा पुगेको थियो ।

क्रोएसियाले जारी विश्वकपमा आफ्नो पहिलो खेलमा नाइजेरियालाई, दोस्रो खेलमा अर्जेन्टिना तथा अन्तिम खेलमा आइसल्यान्डलाई हराउँदै नकआउट चरणमा पुगेको थियो । 

क्रोएसियाले प्रिक्वाटरफाइनलमा डेनमार्कलाई टाइब्रेकरमा ३–२ गोलले तथा  वाटरफाइनलमा आयोजक राष्ट्र रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनलसम्मको स्थान बनाएको हो ।

सन् १९९८ मा तेस्रो स्थान हात पारेयता क्रोएसियाले अहिलेसम्म क्रोएसिया सोचेअनुरुप खेल प्रर्दशन गर्न सकेको छैन् । युगोस्लाभियाबाट छुट्टिएपछि सन् १९९८ मा क्रोएसियाले पहिलोपटक विश्वकप खेलेको थियो । 

सन् १९६६ मा पहिलो पटक विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड ५२ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सर्वाधिक लोकप्रिय खेल इंग्लिस प्रिमियर लिग इंग्ल्याण्डको घरेलु लिग हो । तर लिगको लोकप्रियता र स्तरअनुसार इंग्ल्याण्डले विश्वकपमा भने खासै उपलब्धि हासिल गर्न सकेको छैन । 

इंग्ल्यान्डले सन् २००६ पछि विश्वकपमा क्वाटरफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन । प्रशिक्षक गारेथ साउथगेटको टिमलाई यसपालि भने उपाधिको दाबेदार टिमका रुपमा लिइएको छ ।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले सर्वाधिक गोल गर्दै आफ्नो टिमलाई फाइनल नजिक पु–याएका छन् । इंग्ल्याण्डले समूह चरणको खेलमा ट्युनिसिया र पानामालाई हराएको थियो भने बेल्जियमसँग भने पराजित भएको थियो ।

प्रि—क्वार्टरफाइनल खेलमा कोलम्बियालाई टाइब्रेकरमा ४—३ गोलले तथा अन्तिम आठको खेलमा स्वीडेनलाई २—० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो ।

उपाधि जित्ने दौडमा रहेको इंग्ल्याण्डले सेमिफाइनल खेलमा कस्तो प्रर्दशन गर्नेछ त्यो भने हेर्न बाँकी नै छ ।

यद्यपि यसपटकको विश्वकपमा सेमिफाइनलमा पुगेका चारै टिमलाई उपाधिका दाबेदारका रुपमा हेरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?