गोरेका तीन सहयोगी धरौटीमा छुटे, ३ लाई पुर्पक्षका लागि थुनामा ,

काठमाडौं । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या अभियोगमा मुछिएका तीन आरोपी धरौटीमा रिहा भएका छन् । सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का सहयोगी धरौटीमा रिहा भएका छन् भने ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

यसैगरी मोरङ जिल्ला अदालतले गोरेका सहयोगी भनिएका काठमाडौं, स्यम्भूका लक्षुबहादुर गुरुङ, काठमाडौं ६, गौरीघाटका रामकुमार तिवारी र काठमडौंकै मदन सिलवाललाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

मोरङ प्रहरीले गोरेसहित ६३ जनामाथि मुद्दा दायर गरेको थियो ।

त्यस्तै सुन तस्करीमै संग्लग्न भनिएका मोरङ उर्लावारीका रेवन्तकुमार आचार्य, झापा, दमकका विनोद अधिकारी, दोलखा चरिकोटका मोतीराम श्रेष्ठलाई श्रेष्ठलाई धरौटीमा रिहा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?