‘अमेरिकन बाबु मेड इन नेपाल’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विदेश पलायन भएकी नन्दिता केसी देखिएकी छिन् ।

ईश्वर थापाले निर्देशन र सम्पादन गरेको यो फिल्मलाई राजेश गुरुङ, मञ्जु राना र सम्झना उप्रेतीले निर्माण गरेका हुन् ।

सार्वजनिक ट्रेलर अमेरिकामै खिचिएको छ । तर यसको क्वालिटी भने निकै झुर देखिएको छ । फिल्ममा नन्दिता केसी, स्मृति पोखरेल, कृष थापा, राजेश गुरुङ, अञ्जली लामा लगायतले अभिनय गरेका छन् ।

फिल्ममा शम्भु मोक्तानको छायांकन र धरमवीर लामाको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?