मदन पुरस्कारका लागि छनोट समितिले छान्यो यी आठ पुस्तक

काठमाडौं । वर्ष २०७४ का लागि मदन पुरस्कारका लागि आठ पुस्तक छनोटमा परेका छन् । पुरस्कारका लागि गठन गरिएको छनोट समितिले ‘श्रेष्ठ आठ’ भन्दै आठ पुस्तकको सूची सार्वजनिक गरेको हो । 

विधानअनुसार बढीमा दश पुस्तक छनोटमा पार्ने व्यवस्था रहेपनि यसपटक आठ पुस्तक छनोटमा पारिएको गुठीले विज्ञप्तिमार्फत जनाएको छ ।

वर्ष २०७४ मा प्रकाशित पुस्तकमध्ये २ सय ५३ पुस्तक गुठीलाई प्राप्त भएको बताइएको छ । छनोटमा परेकामध्ये कुनै एक पुस्तकले वर्ष २०७४ को मदन पुरस्कार प्राप्त गर्नेछ । 

पुरस्कारका लागि ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइयाँ, त्यस्तै नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लिम्बुनी गाउँ र नेता मोहन वैद्य ‘किरण’ को हिमाली दर्शन गरी आठ पुस्तक छनोटमा परेका छन् ।

पुरस्कारको राशी रु. दुई लाख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?