काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ मा कार्यरत रहेको अवस्थामा स्वर्गारोहण भएका दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरिएको छ ।
भारोत्तोलन प्रमुख प्रशिक्षक स्व.सुनीललाल जोशी र बक्सिङ प्रशिक्षक स्व. गोपाल राईको परिवारलाई आर्थिक सहयोग प्रदान गरियो । स्व. जोशीका परिवारलाई २ लाख ७४ हजार ९ सय ६६ तथा स्व. राईका परिवारलाई २ लाख ६५ हजार ८ सय ६४ रुपैयाँ हस्तान्तरण गरियो ।
खेलकुद परिषद्मा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १.५ प्रतिशत रकम कट्टा गरी सहयोग प्रदान गरिएको हो ।
वरिष्ठ अधिकृतद्धय कमल खनाल र वज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणिन्द्र पौडेलले रकम हस्तान्तरण गरे । जोशीको गत असार ११ तथा राईको गत पुस ३ गते निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया