बेलायती विदेशमन्त्रीको राजनीमाले बजारमा पनि उथलपुथल

एजेन्सी : बेलायतका विदेशमन्त्री बोरिस जानसनले राजीनामा दिएपछि सरकारमा राजनीतिक क्षेत्रसहित बजारमा पनि उथलपुथल बढेको छ ।

बेलायती मुद्रा पाउन्डस्टर्लिंग अमेरिकी मुद्रा डलर र युरोको तुलनामा कमजोर हुन पुगेको छ ।

युरोपेली संघबाट छुट्टिन ९ महिना मात्र बाँकी रहेका बेला बेलायती सरकारमा यो राजनीतक उथलपुथल देखिएको हो ।

जानसनले राजीनामा दिन अघि डेभिड डेभिसले राजीनामा दिएका थिए ।

डेभिस बेलायती सरकारको तर्फबाट युरोपेली संघबाट छुट्टिने राजनीतक प्रस्तावका मुख्य वार्ताकार थिए ।

जानसनको राजीनामाले प्रधानमन्त्री टेरिजा मेका लागि समस्या उत्पन्न भएको कतिपय पर्यवेक्षकहरूको भनाइ रहेको छ ।

युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले भने “राजनेता आउने जाने गर्छन समस्या छोडेर जान्छन् ।

तर बोरिसको राजीनामासँगै कतै उनको ब्रेग्जिटको विचार पनि हराएको भन्ने चिन्ता छ ।”

बोरिस जानसन कन्जरभेटिभ पार्टीका चाखलाग्दा व्यक्तित्व भएका विवादित नेता हुन् ।

लन्डनका मेयर भइसकेका ५१ वर्षका जानसन आफ्नो कपालका लागि लोकप्रिय छन् ।

न्यूयोर्कमा जन्मेर बेलायतमा बसेका जानसन प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेका छन् ।

उनले बेलायत युरोपेली युनियनबाट छुट्टिने अभियानको ब्रेग्जिटको अगुवाइ गरेका थिए ।

उनका प्रतिस्पर्धीले उनलाई जोकर भनि टिप्पणी गर्ने गर्छन् ।

२००३मा उनलाई एक लेखका कारण माफी माग्न परेको थियो ।

त्यतिखेर प्रेस सम्बन्ध लुकाएको आरोपमा पार्टीबाट निकालिएको थियो ।

दुई पटक लन्डनका मेयर बनेका जानसनले २००८मा पहिलो पटक मेयर बनेपछि सार्वजनिक सवारी साधानमा रक्सी लान रोक लगाइदिएका थिए ।

साइकल चलाउने शोख पालेको जानसनले बेलायतमा साइकल भाडामा दिने काम शुरू गरेका थिए ।

यसले उनलाई लोकप्रिय बनाएर ती साइकललाई बोरिस बाइक्स भन्ने गरियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?