रेलमार्ग निर्माणबारे छलफल, भारतले देखाउला इमान्दारिता ?

काठमाडौँ–नेपाल–भारत सीमा जोडिएका पाँच वटा नाकामा रेलमार्ग निर्माण तथा सञ्चालनबारे नेपाल र भारतका रेल्वे अधिकारीबीच छलफल सुरु भएको छ ।
 रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले नेपाल र भारत जोडिने पाँचवटा सीमा नाकामा रेलमार्ग निर्माण तथा सञ्चालनबारे दुई मुलुकका रेल्वे अधिकारीबीच सोमबारदेखि काठमाडौँमा छलफल सुरु भएको जानकारी दिए, आजको गोरखापत्र दैनिकमा विस्तृत खबर छापिएको छ ।
उउनका  अनुसार, नेपाल–भारत सीमाना जोडिएका वीरगञ्ज, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्ज नाकामा रेलमार्ग निर्माण तथा सञ्चालनबारे नेपाल र भारतका रेल्वे अधिकारीबीच छलफल सुरु भएको हो । उक्त छलफलका लागि भारतीय रेल्वे अधिकारीहरुको पाँच सदस्यीय टोली आइतबार नेपाल आएको थियो । नेपाल–भारतबीच रेल सेवा सञ्चालनका लागि दुई मुलुकका अधिकारीबीच राजधानीमा सुरु भएको छलफल नियमित रहेको बताउँदै प्रवक्ता अधिकारीले छलफल बुधबारसम्म चल्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?