स्पेनको रक्सीमा फ्रान्सको लेबल

एजेन्सी: ४६ लाख स्पेनको रोज वाइनका बोतलमा फ्रान्सको लेबल लगाएर फ्रान्सका क्याफे, होटल र रेस्टरन्टमा बिक्री भइरहेको अधिकारीहरूले बताएका छन् ।

फ्रान्सको ठगी निषेध निर्देशनालयले उत्पादक, आयातकर्ता, व्यापारी र वितरकहरूसँग दुई वर्षसम्म गरेको अध्ययनबाट यो पत्ता लागेको हो ।

अधिकांश वाइनका बोतलमा ठीक ढंगले लेबल लगाइएको पाइएका छन् ।

३.४५ लिटरको स्पेनिस वाइनको बोतलमा फ्रान्सको लेबलले उत्पादनको मूलस्थान लुकाइएको पाइयो ।

बोतलमा प्रडयुस्ड इन फ्रान्स वा बोटल्ड इन फ्रान्स उल्लेख गरिएका लेबल लगाइएको पाइएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?