काठमाडाैं : देशका ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएका छन् । सन् २०१८ भित्र देशका ७७ वटै जिल्लालार्इ पूर्ण खोप सुनिश्चित घोषणा गर्ने नेपालले लक्ष्य लिएको छ ।
सोमबारमात्रै रोल्पा र बाग्लुङलार्इ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सिरहाको लहान नगरपालिका पनि स्थानीयतहको हैसियतमा यो सूचीमा थपिएको छ । ती जिल्ला पुगेका सरकारी अधिकारीहरूले खोपको उपलब्धताकै कारण बाल तथा मातृशिशु मृत्युदरमा कमी अाएको दाबी गरेका छन् ।
सम्बन्धित जिल्लाका सबै बालबालिकाले जन्मेदेखि १५ महिनाको उमेरभित्र पाउनुपर्ने ११ प्रकारका खोप पाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने गरिएको छ । पन्ध्र महिनाको उमेरभित्र लगाउनुपर्ने खोप बालबालिकाले २३ महिनासम्ममा पूर्णरुपमा पाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया