एजेन्सी: डिजिटल टेक्नलजिले किसानहरूको जीवनलाई रूपान्तरण गर्न सहयोग गरिरहेको छ ।
उनीहरूको जीवनलाई रूपान्तरण गर्न यो प्रविधिबाट पाइना नाफा रहेको छ ।
यस्ता प्रविधिको सहयोगबाट साना किसानहरूले आफ्नो उत्पादनमा बृद्धि गरिरहेका छन् ।
पश्चिमी घानाको सुदुर क्षेत्र सेफवी मदिनाका कोकोआ उत्पादन गर्ने एक किसान ताके मुहम्मदा एडम्सले २५ वर्ष देखि कोकोआ उत्पादन गदै आएका छन् ।
गत दुई वर्ष अघिसम्म उनले उही तरिका अपनाएर कोकोआ उत्पादन गरिरहका थिए । त्यसयता उनले ओलाम फार्मर इन्फोर्मेशन सिस्टम (ओफिस)ले सञ्चालन गरेको प्रविधिको उपयोग गरे ।
उनको उत्पादन यो प्रविधिले तीन गुना बढाउन सहयोग ग-यो । साथै कीरा मार्ने औषधिप्रतिको निर्भरता पनि घटायो ।
एडम्स भन्छन् “ओफिस पाउन अघि मैले साता झोला कोकोआ उत्पादन गर्दै आएको थिए तर यो प्रविधिको प्रयोगबाट २५झोला उत्पादन गर्न थालेको छु ।”
यो प्रविधिले उनलाई कृषिसम्बन्धी जानकारी दिने सल्लाहकारसमक्ष सीधा पु-याउँछ ।
उदाहरणका लागि कोकोआको विरूवामा रोग लाग्दा रसायन उपयोग गर्नुपर्ने हो वा हेरचाह मात्रै गर्नुपर्ने हो यसको जानकारी सल्लाहकारबाट तत्काल प्राप्त गर्न सक्छन् ।
साथै यसका लागि आवश्यक तालिम पनि किसानहरूले पाउने गर्छन् ।
यसले किसानहरूलाई विश्वसँग जोडि दिएको छ । एडम्स भन्छन् “प्रविधिले वास्तवमै मलाई विश्वसँग जोडिए दिएको छ ।”
विश्व आर्थिक मञ्चले प्रविधिको प्रयोगबाट खाद्यान्न उत्पादन ५० देखि १०० प्रतिशतले बढाउँछ । यो बृद्धि बढदो जनसंख्याको चापसँग बढनेछ मञ्चले जनाएको छ ।
विश्वका विभिन्न ठाउँमा कृषि क्षेत्रमा देखिएको समस्याको समाधान यस्ता प्रविधिको विकासबाटगर्न सकिन्छ ।
ओलामको कोकोआ सस्टेनबिलिटीका प्रमुख साइमन ब्राइन स्मिथले भने “ हामी १८ महिना देखि डिजिटल प्रविधिको विषयमा जोड दिँदै आएका छा्रै ।”
।
ओफिस एप्पले किसानहरूबाट डेटा संकलन गर्छ , यसको अध्ययन अल्गोरिद्मबाट गर्छ र व्यक्तिगतरूपमा कसलाई के सिफारिस गर्नु छ त्यसको निष्कर्ष निकाल्छ र किसानलाई यो सिफारिस उपलब्ध गराउँछ ।
यसबाट किसानको उत्पादनमा बृद्धि हुन्छ ।
साथै कोकोआको मूल्य बजारका भिन्न ठाउँमा कस्तो रहेको छ त्यसको जानकारी गराई राम्रो दाममा बेच्न पाउने अवसर यो एप्पले किसानलाई उपलब्ध गराउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया