शेयर कारोबारमा प्यान नम्बर प्रयोग : बाध्यता नहुने, प्रोत्साहन गर्ने

काठमाडाैं : लगानीकर्ताले विरोध जनाएपछि सरकारले शेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्नु नपर्ने जनाएको छ । दोस्रो बजारको कारोबारमा प्यान नम्बर अनिवार्य नगर्ने, तर लगानीकर्तालार्इ नम्बर प्रयोग गर्न प्रोत्साहन मात्र गरिने पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

अार्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा धितोपत्र बोर्डले दोस्रो बजारको कारोबारमा लगानीकर्ताले अनिवार्य रूपमा प्यान नम्बर प्रयोग गर्नुपर्ने जनाएको थियो । तर, लगानीकर्ताबाटै विरोध भएपछि बोर्डले अागामी अार्थिक बर्षको नीति तथा कार्यक्रममा हाललार्इ स्थायी लेखा नम्बर लिन प्रोत्साहित मात्र गर्ने उल्लेख गरेको छ ।

‘आव २०७४–७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं लाई आव २०७५–७६ देखि अनिवार्य गर्नको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने भनिएकोमा दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि हाललाई स्थायी लेखा नम्बर लिन प्रोत्साहित गरिनेछ,’  बोर्डले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?