धितोपत्र बोर्डले म्युचुअल फण्डमाथि कडार्इ गर्दै

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डका गतिविधीमाथि असन्तुष्टि जनाउँदै कडार्इ गर्ने संकेत दिएको छ ।

अागामी अार्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अधिकारीहरूले म्युचुअल फण्डलार्इ दिर्इएको सहुलियतमाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था अाएको बताएका हुन् ।

बोर्डका प्रवक्ता निरज गिरीले म्युचुअल फण्डहरूलार्इ पूँजी बजारमा सकारात्मक काम गर्न विभिन्न सहुलियतहरू दिर्इएको, तर ७० देखि ८०% प्रतिशत रकम बैंकमा राखेर ब्याजमा चल्ने प्रवृत्ती देखिएको बताए ।

यसअघि म्युचुअल फण्डहरूको विस्तार र उन्नतीका लागि दिर्इएका सहुलियतका स्कीमहरू चाँडै नै फिर्ता लिर्इने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?