बैंक अफ काठमाण्डूद्वारा विभिन्न कार्यक्रम गरी विश्व वित्तीय साक्षरता सप्ताह २०२२ सम्पन्न

लोकपथ
63
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्व वित्तीय साक्षरता सप्ताह २०२२ को सन्दर्भ पारेर मुलुकभर विभिन्न स्थानहरुमा एक साता साक्षरतासम्बन्धी कार्यक्रम संचालन गरेको छ ।

बैंकले ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्यार्थीहरुको वित्तीय तथा बैंकिङ साक्षरता सचेतना अभिवृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?